जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-२ मा रहेको जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरूको चौतर्फी विकासको लागि जनता माध्यमिक विद्यालय नक्टाझिज द्वारा आयोजित स्कुल स्तरीय खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। खेल प्रतियोगिता अन्तर्गत भएको कब्बडी खेलमा सेमिफाइनल तर्फ पहेलो हाउस र निलो हाउस बिच भएको खेलमा निलो हाउसले सानदार जित निकाल्दै फाइनल मा ग्रिन हाउस सँग भिडन्त गरेको थियो।

सो कब्बडी खेलमा ग्रिन हाउस र ब्लु हाउस बिच भएको खेलमा ग्रिन हाउसको तर्फबाट कब्बडी टिमका कप्तान अमित कुमार राय र मनिष कुमार ‌महतोको खेलले फराकिलो नम्बरले हराउँदै ग्रिन हाउस प्रथम भई कब्बडी खेलको उपाधि जित्न सफल भएको छ। त्यस्तै गरि फुटबल खेलमा रातो हाउस,निलो हाउस, ग्रिन हाउस, पहेलो हाउस बिच खेल हुदाहुदै फेरि पनि ग्रिन हाउस र ब्लु हाउस बिच फाइनलमा भिडन्त भयो । त्यो खेलमा पनि ग्रिन हाउस फुटबल टिमका कप्तान अमित कुमार राय द्वारा २ गोल हानि खेललाई आफ्नो तर्फ तान्दै २/० को अन्तरले ग्रिन हाउस जित्न सफल भएको छ।

त्यतिकैमा समिति नभएर क्रिकेट खेलमा पनि ग्रिन हाउस र ब्लु हाउस बिच भएको खेलमा ग्रिन हाउसले जित्न सफल भएको छ,यसले गर्दा विधालयले सञ्चालन गरको ३ वटै खेलमा ग्रिन हाउसले जित्न सफल भएको छ। केटिहरु तर्फ भएको खेलमा ब्लु हाउस र रातो हाउस बिच भएको खेलमा ब्लु हाउसले जित्न सफल भएको छ।

स्कुल स्तरीय खेलकुद प्रतियोगिता-२०७७ को उपाधिमा लगातार ३ वटै खेलमा ग्रिन हाउस प्रथम हुदै ,हायट्रिक जित हासिल गरेको छ। स्कुल स्तरीय ग्रिन हाउसको कप्तान मा दिवेश कुमार महतोले लिडिङग गरेको थियो भने हरेक खेलमा द्वितीय स्थान ल्याउने ब्लु हाउस को स्कुल स्तरीय कप्तानमा कुलदिप कुमार महतोले लिडिङग गरेको थियो। उक्त खेलमा विजेताहरुलाई एक समारोहका बीच सरस्वती पुजाका दिन पुरस्कार दिइने कुरा श्रि जनता माध्यमिक विद्यालय नक्टाझिजका प्राधानाध्यापक श्याम कुमार यादवले जानकारी दिए।