जनकपुरधाम : जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ र राष्ट्रिय जनतान्त्रिक गठबन्धनका सिरहा जिल्ला ईन्चार्ज/प्रभारी बुलन यादव “जय मुक्ति” ज्यु का ममतामयी सासु-आमा एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला सदस्य एवं जिल्ला आन्दोलन परिचालन समितिका जिल्ला सदस्य श्री विष्णुदेव यादव ज्युका श्रीमतीको अल्प-आयु मै असामयिक निधन भएको प्रति जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान, राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्रिय नागरिक आन्दोलन २०७७ का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक “शोक संदेश एवं श्रद्धाञ्जली पत्र” जारी गर्दै “सम्पूर्ण पार्टी पंक्ति” नै स्तब्ध भएको शोकाकुल भएको जनाउनु भएको छ । साथै उक्त शोक संदेशमा भनिएको छ,

हिजो मिति २०७७/१०/३० गते शुक्रवार हाम्रो महान क्रान्तिकारी पार्टी “जनतान्त्रिक तराई मुक्ति मोर्चा” का केन्द्रिय सदस्य तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ र राष्ट्रिय जनतान्त्रिक गठबन्धनका सिरहा जिल्ला ईन्चार्ज/प्रभारी श्री बुलन यादव “जय मुक्ति” ज्यु का ममतामयी सासु-आमा एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला सदस्य एवं जिल्ला आन्दोलन परिचालन समितिका जिल्ला सदस्य श्री विष्णुदेव यादव ज्युका श्रीमती/अर्धाङ्गणी घर सिरहा जिल्ला सखुवा नन्कारकट्टी वार्ड नं ३ गाउँ/टोल पैन्डुमी निवासी वर्ष ४७ की “श्रीमती घुघरी देबि यादब” को अल्प-आयु मै असामयिक निधन/स्वर्गारोहण/देहावसान प्रती हामी सम्पूर्ण पार्टी-पंक्ति शोक-स्तब्ध भएका छौँ, मर्माहत भएका छौँ ।
यस दुखको घडीमा शोकाकुल परिवारजनमा धैर्य-धारण गर्ने शक्ति प्रदान गर्न माँ जानकी एवं बाबा पशुपतिनाथ सँग प्रार्थना गर्नुको साथै सम्पूर्ण पार्टी-पंक्ति वहाँहरु सँगैरहेको अवगत गराउँदै दिवांगतको बैकुण्ठबासको कामना सँग “आश्रुपुरित हार्दिक श्रद्धाञ्जली” व्यक्त गर्दछौं ।

ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,
पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति: ।

वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,
सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि ॥

ॐ शान्ति: शान्ति: शान्ति: ॥

जारी मिति :- २०७७/११/०१ गते शनिबार