जयनाथ यादव
लहान : २० वर्ष पछी चुनाव भएपछी जनताले आफ्नै गाउँघरको राम्रो उम्मेदबार छानेर जितायो पनी तर अधिकांश जनप्रतिनिधिहरुले सरकारी सुविधा खैरातमा पाएको कुर्सी समझैर विकाशको लागी जनताको मतदान बाट पाएको कुर्सी बिर्सियो व्यक्तीगत विकाश तिर लाग्यो । स्थानिय सरकार गंठन भएपछी जनताले सपना देखैको थियो समयमै विकाशको हुन्छ । विकाश भएको छ तर कागजमा ३ बर्षमा बजेट खर्च अनुसार विकाश भएकै छैन ।
घरमै आयो सिहं दरबार तर सोचे जस्तो भएन । दरबार काठमान्डौंमै रहियो जनताको खुन चुस्ने बला सिहं मात्र आयो । स्रोतका अनुसार कतिपय गाउँपालिका /नगरपालिकामा प्रशासन बाट उपभोक्ता समिति बनाउँन कार्यपालिका लाई कति पटक चिठ्ठी काटिसेको छ । केही जबाब आउदैन आज भोली मात्र गर्छ कमिसनको महिना अंसार लाई पर्खिदै छ । कतिपय स्थानिय तहले गाउँसभा गरेर पनी पर्खी रहेको छ । असारै बिकास गर्न लाई गाउँसभा भएपछी विकास कार्यहरु संचालन गर्न सक्छ तर त्यसतौ गर्दैन । १० महिना सम्म कानमा तेल हालेर कुंभकर्ण जस्तै सुतेको हुन्छ ।जेष्ट लागैपछी हतार हतारमा आफ्नै आसे पासे लाई गलत तरिकाबाट उपभोक्ता समिति बनाउछ।
१५ दिनको कार्य सम्झौता गर्छ । असारकै झरीमा हतारमा हतारमा काम गराउछ भएको सड़क पनी विग्रारेर बर्बाद मात्र हुन्छ । असार ३० गते पछी रकम निकासा हुदैन उपभोक्ता समितीलाई भन्छ बास्तमा हुदैन तर चेक पहिला तयारी हुन्छ । उपभोक्ता समिति सँग कमिसनको कुरा गर्छ । समितिले लगानी गरिएको हुन्छ डुबने डर तर्रासमा १० देखी १५ प्रतिशत दिन छ बिल पास हुन्छ ।
कागजमा काम गोजीमा रकम जान्छ विकाश निमार्ण अधुरो गुणस्तरहिन हुन्छ आर्थिक अनियमितता गर्छ । वर्ष दिनसम्म नगरेको कामलाई किन असारकै झरीमा आएर हतार हतार गर्छ ? झरीमा गरेको अधिकांश विकासका कार्य दिगो नहुने अनुभव हुँदाहुँदै फेरि दोह्रयाउनुले अनियमितताको मनसाय प्रष्ट हुन्छ । असारे विकाश पछाडि अनियमित ढंगले बजेट सिध्याउने उद्देश्य मात्रै लुकेको छ । असारे विकासको आतंकले स्थानीयवासी दिक्क भएका छन। नियामक, नियन्त्रणकारी र कारबाही निकाय कानमा तेल हालेर बस्दा स्थानीयवासी आजित बनेका छन।’
Discussion about this post