काठमाडौं । अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्ने महाशाखाको अनुमान छ ।
यसैगरी आज राती प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू–भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
Discussion about this post