पवन प्रसाद साह
वीरगन्ज : पर्सा फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साले जिल्ला अध्यक्ष अंगद ठाकुरको अध्यक्षता मा ७१ औं प्रजातन्त्र दिवसको तथा श्री ५ त्रिभुवनको समझना स्वरुप कार्यक्रम भव्यताका साथ सफल भएकोछ।बिरगंज महानगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो।
त्यस कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरगंज महानगर अध्यक्ष जलेशवर सरार्फ जिल्ला उपाध्यक्ष अवध साह पुर्व मुखिया बिशवनाथ साह जिल्ला सचीव अजय पौडेल महानगर सचीव राजेश गुप्ता जनजातिका अध्यक्ष राजेशवर चौधरी पुर्व जिल्ला सभापति शम्भु चौरसिया उदित सहनी केन्द्रिय सदस्य रामबहादुर थापा लगायत उल्लेखनीय सहभागिता रहेको थियो।
कोणसभामा बोल्दै जिल्ला अध्यक्ष अंगद ठाकुरले अहिलेको संविधान र राज्य व्यवस्थापनका अंगहरु फेल भईसकेका तथा जनताहरुलाई सुविधा दिनुको सट्टा झन दुख दिदै आइरहेका र देश विकासको सट्टा विनाश तर्फ अग्रसर भईरहेकोछ।
भने धारणा व्यक्त गर्नुभएको थियो।त्यसै गरि जिल्ला सचीव अजय पौडेलले कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो। त्यसैगरी महानगर अध्यक्ष जलेशवर सरार्फले देशमा भएका पटकपटकको आन्दोलनले सबभन्दा बढी क्षति मधेसले व्योहरेको र मधेसबाट चुनाव जितेर गएका मधेसी नेताहरुले मधेसी जनताहरुलाई आश्वासन बाहेक अरु केहिपनी दिननसकेका तथा सत्ताधारीहरुका पाउ पुजन बाहेक अरु केहिपनी गर्ननसकेका आरोप लागाउनु भएका थिए। साथै त्यस कार्यक्रममा अन्य वक्ताहरुले आफ्नो भनाईहरु राखेका थिए।
Discussion about this post