जनकपुरधाम : आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीमा निर्माण कार्यको धमाधम शिलान्यास गरिएको छ । 

मन्त्री कुशवाहाको  निर्वाचन क्षेत्रको सम्सी गा.पा. विकासका लागि वडा नं.४ पोखरभिन्डामा ३० लाखको लागतमा सामुदायीक भवन । सम्सी गाउँपालिका गाढामा १५ लाखको लागतमा सामुदायीक भवन र सम्सी गाउँपालिका वडा न. ३ को लक्ष्मीनियामा रामजानकी कुटिको जगामा बाउनड्री वाल निर्माण लाग्यतका कामका लागि सिल्यनास गर्नु भयो।

उक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री मा.सुरेन्द्र यादव स्थानीय वडा अध्यक्षहरु लगायत क्षेत्रिय अध्यक्ष र क्षेत्र भरीको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो।

निर्वाचन क्षेत्रमा बिकास कार्यलाई दृष्टीगत गरि बजेट ल्याएको मन्त्री कुशवाहाले बताए  । स्थानिय जनताको मांग बमोजिम निर्माण अगाडी बढाईएको उनले बताए । 

आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ज्यू द्वारा उहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा शिलान्यास सम्पन्न भयो ।