जनकपुरधाम : सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति द्वारा गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा आज फैसला सुनाउँदै उक्त निर्णय बदर गरेपछि देश दुई कित्तामा बाँडिएको छ, कतै समर्थन त कतै विरोधका स्वरहरु सर्वत्र सुनिन थालेका छन् , त्यस्तै प्रधानमन्त्री ओलीले अब चाल्नसक्ने कदमका बारेमा थुप्रै अडकलबाजीहरु हुनथालेको छ, कतै संकटकाल त कतै पुनः प्रतिनिधि सभा विघटन सम्मको कुरा सुनिएको छ । पुरै देश र अन्तर्राष्ट्रिय शक्तिकेन्द्र सम्मको आँखा, कान र ध्यान अहिले बालुवाटार र शितल-निवासमा केन्द्रित रहेको स्पष्ट देखिन्छ ।
त्यसैक्रममा सर्वोच्चको फैसला आउन बित्तिकै हाल उच्चस्तरीय राजनीतिक भेटघाटको शिलशिलामा भारत भ्रमणमा रहनुभएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान, राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्रिय नागरिक आन्दोलन २०७७ का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत कडा एवं गम्भीर अर्थपूर्ण प्रतिक्रिया दिएका छन् , वहाँको प्रतिक्रिया जस्ताको त्यस्तै यस्तो रहेको छ,

न्यायलय पवित्र र सम्मानित भएपनी त्यहाँ भएका निर्णयकर्ताहरु निरपेक्ष देखिएनन् , प्रभाव – दबाब – डर – त्रास – भय – भक्ति ले ओतप्रोत !

नेपाल निरपेक्ष संस्था, निकाय, अंग बिहिन राज्यको रुपमा स्थापित भएको देखिन्छ !

धेरै खुशीयाली नमनाउनु है, न त धेरै पीर नै ! खेल बल्ल सुरु हुँदैछ, केही समय प्रतीक्षा गर्नुस !

ओलीको कोर्टमा अहिले पनि धेरै विकल्पहरु छन् , चाल्नसक्ने धेरै कदमहरु अहिले पनि शेष छ !
आकाश माथि तिर फर्केर थुक्दा आफ्नै अनुहार फोहर हुन्छ, नारायणहिटी दरबार अगाडी धेरै चुरीफुरी देकाएको रियाक्सन हो, एउटाले पशुपतिनाथको शक्ति देखे अब अर्कोको पालो ।

केही समय कै लागि भएपनि EU + USA ले जितेको देखिन्छ तर परिस्थिति एकदमै भिन्न छ, सचेत रहौँ, सजग रहौं, राष्ट्रिय झण्डा मुनि गोलबन्द हुनुको अर्को विकल्प शेष रहेन, “राज-संस्था र हिन्दु-अधिराज्य पुनःस्थापना” नै अन्तिम विकल्प हो ! “सम्पूर्ण राष्ट्रवादी देश-भक्त शक्ति तैयार रहौँ, अन्तिम निर्णायक धक्का नै अहिलेको आवश्यकता हो” ।