जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित कुम्हरौरा गाउँ हाईवेको छेउमा लास फेला परेको छ ।
आज बिहानै घर भन्दा २० मिटर अगाडी रहेको खोलामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने अन्दाजी २५ वर्षीय ललन महराको मृत्यू भएको छ ।

उनका अनुसार ति युवा अत्याधिक मदिरा सेवन गरेको र साझको वेला प्रस्ट बाटो नदेखिएको हुदाँ खोलामा खसेको हुनसक्ने प्रारभिक अनुसन्धानले देखाएको छ ।
मृतकको शव पोस्टमार्टम लागि जनकपुर अञ्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । मृत्यु कसरी भएको भन्नेबारे थप रिपोर्ट आएपछि मात्र बताउन सकिने ईलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।