जनकपुरधाम : कलैया का मेयर यादव चुनावी घोषणा पत्रमा भनेझै जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकालाई फ्री वाईफाई जोन बनाएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले बताएका छन । कलैया फ्री वाईफाई जोन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले यस्तो बताएका हुन । बारा जिल्लाकै सदरमुकाम भएको कलैया जहाँ जिल्लाबासी तथा अन्य धेरै महत्वपूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरु आउने र बस्ने ठाउँ भएकोले अहिलेको प्रबिधिको युगमा नभैइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर कलैयाको विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको यादबले बताए ।

कलैया उपमहानगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक स्थानहरुमा नगरवासी एवम आन्तरिक तथा बाह्य पर्यटनहरुलाई देश तथा विदेशका सूचना सामाचारका साथै यस नगरपालिकाको मोबाइल एप्स , वेभसाटबाट प्रवाह गरिने अनलाईन सेवा , न.पा.को सूचना तथा जानकारीहरुमा छिटो छरितो तथा सजिलै पहुच होस भन्ने उदेश्यले इन्टरनेटको सुविधा अत्यावश्यक भएकोले आफुले सबै नगरवासिको चाहना अनुरुप यो सुबिधा दिन लागेको बताए । यादबले उपमहानगरपालिका भित्र अहिले कलैया उपमहानगरपालिकाको प्राङ्गण, भरत चौक,कलैया बजार,जिल्ला प्रशासन कार्यालय बारा,कलैया अस्पताल,जिल्ला अदालत / मालपोत कार्यालय,कलैया बस पार्क,राम जानकी मंदिर, दर्गा मंदिर बरेवा, देवकोटा चौक, दुर्गा स्कूल वरेवा र मटिअर्वा भंसार नाका गरि १२ स्थानमा सेवा शुचारु गरिएको बताउदै यसलाई अन्य आवस्यकता भएका स्थानमा समेत बिस्तारै बिस्तार गर्दै लाने बताए ।

सोही अवसरमा कलैया उपमहानगरपालिकाका सुचना प्रबिधि अधिकृत सुरेश यादबले यो ईन्टरनेट सेवा हरेक ब्यक्तिले प्रती दिन केवल ९० मिनेट प्रयोग गर्न पाउने बताउदै यस्ले गर्दा अनावश्यक रुपमा यस्को प्रयोग रोक्न खोजेको समेत वहाले बताए । बढी समय ईन्टरनेट सेवा प्रबाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरि यस्तो गर्न लागिएको द एसिया फाउन्डेसनका बरिस्ठ फिल्ड सम्योजक नजबुल्लाह अन्सारिले बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाको उप मेयर रहिमा खातुन ,सशस्त्र प्रहरी का प्रमुख प्रहरी उपरीक्षक रबिनराज कर्णजित , प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्णवाल,सम्पुर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य,लेखा प्रमुख दिब्या सरार्फ,योजना प्रमुख हाजी मुस्ताक अन्सारी,नक्सा फाट प्रमुख नवीन पौडेल,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिजय अधिकारी,समाजिक बिकास शाखा प्रमुख तपसी प्रसाद चौरसिया,महिला तथा बालबालिका शाखा प्रमुख रेखा चौधरि,बाताबरण शाखा प्रमुख रामजी मण्डल,प्रधानमन्त्री रोजगार शाखा प्रमुख बिबेक गुप्ता,राजस्व शाखा प्रमुख दिवाकर झा,प्राबिधिक शाखा प्रमुख इश्वर यादब सहित सम्पुर्ण कर्मचारी,नगरबासी सेवाग्राही लगायतकाको भब्य उपस्थिति रहेको थियो ।