• नरेन्द्र महताे

गाैशाला: गाैशाला नगरपालिकामा वजेट विनियाेजन नगरेर नाला उत्खन्न गराए पछि व्यापारीहरु मर्कामा पानि जाने मुहानमा बजेट विनियाेजन नगरेर नाला उत्खन्न गरे पछि महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा न.५ का व्यापारीहरुलाई निकै पिडामा परेका अाेम जेनरल स्टाेर्सका प्राेप्राईटर विक्रम साह बताएका छन ।

नाला मर्मतका लागि नगरपालिका वजेट नछुटाए पनि वडा अध्यक्ष धमेन्द्र साहले अाफ्नै मनले नाला खनेर व्यापारीहरु दुः ख दिएका छन ,जव बजेट नै छैन भने किन बनेकाे नालालाई ताेडिएकाे प्रति व्यापारीहरुले वडा अध्यक्षलाई प्रशन गर्छन तर वडा अध्यक्ष काहाँ यसकाे कुनै जवाफ छैन साहले वताए ।

हामि पटक पटक वडा अध्यक्षलाई नाला बनाई दिनु अाग्रह गरे पनि कुनै चासाे नलिएका कारण हामिहरु बाध्य भएर नगरपालिकामा अाज निवेदन दर्ता गराएका छाै। उता नगरपालिकाले पानि निकास हुने ठाउँमा बजेट विनियाेजन नगरेकाे कारण पानि जाम हुने गरेकाेले नाला उत्खन्न गराएकाे र तत्कालकाे लागि हेम पाईप राख्ने वडा अध्यक्ष धमेन्द्र साहले बताएका छन ।