धनुषा : सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै धनुषाको ढल्केवरमा नेकपा केपी ओली पक्षका कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन् ।

सर्वोच्चको फैसलाले साविक नेकपा एमाले ब्यूँतिएको भन्दै त्यसको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।

आइतबार सर्वोच्चले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको पक्षमा फैसला सुनाएको थियो भने केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरिदिएको थियो ।

नेकपा ओली समूह केन्द्रिय सदस्य तथा मिथिला नगरपालिकाका नगरप्रमुख समेत रहेका हरिनारायण महतो उपस्थितमा साविक नेकपा एमालेको पार्टीका कार्यकर्ताले ढल्केवरस्थित पार्कमा दीप प्रज्वलन गरेका थिए । ओली पक्षका कार्यकर्ताहरुले अब नेकपा एमाले ब्यूँतिने भएकोले आफुहरु खुसी भएको बताए ।

त्यस अवसरमा मिनपा वडा नं. ६ का वडा अध्यक्ष भक्तबहादुर बलम्पाकी, वडा नं. ७ का वडा अध्यक्ष रामो साह, पार्टीका पूर्व गाविस अध्यक्ष पुर्ण केसीलगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।