जनकपुरधाम :प्रदेश न २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा महोत्तरीमा २५ लाखको लागतमा बिधालय भवन शिलान्यास  गरिएको छ । 

हिन्दु धर्मावल्मबीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाद्वारा आफ्नो संसदीय बिकास कोषबाट रु.२५ लाखको लागतमा भवन शिलान्यास गरेका हुन ।

 मन्त्री कुशवाहाको  निर्वाचन क्षेत्रको रामगोपालपुर नपामा उहाँको संसदीय बिकास कोषबाट रु.२५ लाखको लागतमा रामगोपालपुर नगरपालिका वडा नं.६ विशमहरपुरमा श्री राजेन्द्र आधारभूत विद्यालयको २ कोठे पक्की भवनको शिलान्यास गरियो।

उक्त कार्यक्रममा स्थानिय वडा अध्यक्ष ,स्कूलका संस्थापक श्री राजेन्द्र महतो,प्रधानध्यापक,र स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो