• नरेन्द्र महताे

गाैशाला : सम्सी गाउँपालिकाले खेलकुद प्रतियाेगिता अायाेजना नगरेकाेमा युवाहरु अाक्राेसित स्थानिय सरकारलाई खेलकुद गराउन अधिकार दिए पनि अहिले सम्म महाेतरी जिल्लाकाे सम्सी गाउँपालिकाले कुनै खेल प्रतियाेगिता नगराएकाे युवा तथा खेल प्रेमिहरु अाक्राेसित बनेका छन ।

खेलकुद स्वास्थ्यकाे लागि लाभदायक भए पनि पालिकाले अाज सम्म गराउन सकेका छैन ।स्थानिय सरकार अाफै सक्षम सरकार भएकाे भए पनि खेलकुद मैदान तथा खेल अायाेजनामा ध्यान नदिएकाे प्रति उनिहरुले काडा प्रश्नन गरेका छन।जव कि युवाहरु देशका कर्णधार हुन।

युवाहरु खेल जगतलाई लिएर देश विदेशमा देशकाे नाम राेशन गरेकाे सबै नेपालीहरुलाई थाहा भएकै कुरा हाे तर नेपालि नेताहरुकाे कारण देश पनि बदनाम भएकाे हाे याे कुरालाई नकारण सकिदैन। सम्सी गाउँपालिकाकाे विगतकाे ईतिहासले गाँउपालिकालाई नै लज्जित बनाईकाे सबैलाई थाहा भएकै हाे।तर गाउँ सभा भए पनि खेलकुद वारेमा कुनै प्रतिनिधिले चासाे नलिनु अाफैमा कमजाेर मनस्थितिकाे प्रतिनिधिहरु रहेकाे अवगत भएकाे युवाहरुकाे भनाई छ ।

सम्सी गाउँपालिकामा वजेट प्रत्येक साल लाखाै लाख रहेकाे र कतिपय शिर्षकका बजेट कमजाेर मनस्थितिका कारण फ्रिज पनि हुने गरेका छन ।अता जव यस सम्वन्धमा पालिका प्रमुख शेख फारुकलाई सम्पर्क गर्न खाेज्दा पटक पटक फाेन गर्दा पनि फाेन रिसिभ गर्नु भएन । जनताकाे प्रतिनिधि भए पनि फाेन नउठाउनु जनताकाे मतकाे अवहेलना भएकाे युवाहरुले प्रतिक्रिया दिएका छन ।