जनकपुरधाम : आज चन्द्रमा मीन राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।

आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:२१ बजेदेखि ७:५० बजेसम्म उद्धेग बेला
बिहान ७:५० बजेदेखि ९:१८ बजेसम्म चर बेला
बिहान ९:१८ बजेदेखि १०:४६ बजेसम्म लाभ बेला
बिहान १०:४६ बजेदेखि १२:१४ बजेसम्म अमृत बेला
बिहान १२:१४ बजेदेखि १:४२ बजेसम्म काल बेला
दिनमा १:४२ बजेदेखि ३:११ बजेसम्म शुभ बेला
दिनमा ३:११ बजेदेखि ४:३९ बजेसम्म रोग बेला
दिउँसो ४:३९ बजेदेखि ५:०७ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४:३० देखि ६:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।