काठमाडौं । कैलालीको भजनीबाट २१ लाख ३६ हजार बढीको अवैध सामान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लौवास्ताबाट प्रहरीले २१ लाख ३६ हजार ४ सयको अवैध सामानसहित सोहि ठाउँका ३७ वर्षिय रतिराम चौधरी र प्रदिप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल आरटीआई समुह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले अवैध सामानसहित सोहि ठाउँका २ जनालाई पक्राउ गरेको हो ।

मोटर साईकल, लुगा कपडा र मानिसहरुलाई आवश्यक कार्वाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर पठाईएको छ ।