सिराहा । सिराहाको मालपोत कार्यालय प्रांगणमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ५ जना घाइते भएका छन् । गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि जिल्लाबाहिर अस्पताल पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो । विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ । घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

विस्फोट गराउने समूहको पहिचान नखुले पनि प्रहरीले भने जनतान्त्रिक गोइत मुक्तिमोर्चालाई आशंकामा राखेर अनुसन्धान शुरु गरेको प्रहरी स्रोतको भनाइ छ ।