वीरगन्ज । होली नजिकिएसँगै वीरगन्जका नाकाहरुमा अहिले व्यापक तस्करी बढेको छ । इनर्वा भन्सार नाकाबाट अहिले व्यापक तस्करी बढेको छ । नाकाहरुबाट दिनहुँ , कबाडी, कपडा, हार्डवेयर, मरिच लगायतका सामानहरु तस्करीको लाइन खुलेको हो । नेपाल-भारत सीमामा खटेका प्रहरी इनर्वा भन्सार चौकीका इन्चार्ज एवं सशस्त्र प्रहरीहरुको मिलोमतोमा विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।

सशस्त्र प्रहरीको मिलोमतोमा रातिको समयमा पनि खुलेयाम तस्करी हुने गरेको छ । वीरगन्ज लगायत यस क्षेत्रमा रहेको खुल्ला सिमाहरुबाट तस्करहरुले प्रहरीको संरक्षणमा तस्करी गर्ने गरेको छ भने वीरगन्ज भन्सार मुख्य सडकबाट पनि तस्करी हुने गरेको छ । मुख्य सडकमा खट्ने सशस्त्र प्रहरीहरुले केही रकम लिएर ति तस्करहरुको सामानलाई छाड्ने गरेका छन् । राजस्व चुहावट नियन्त्रण गर्नका लागि वीरगन्ज भन्सारमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी परिचालित नै छ तर ति सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलोमतोमा मुख्य सडक हुँदै तस्करहरुले विभिन्न सामानहरु नेपाल भित्र्याउने गरेका छन् ।


सानो तिनो घरायसी सामान ल्याउँदा सर्वसाधारणहरुलाई दुःख दिने भन्सार क्षेत्रमा खटेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीहरुले तस्करको सामान भने रोकटोक गर्ने गरेका छैनन् । तस्करहरुले ति सुरक्षाकर्मीका इनचार्जहरुलाई महिनावारी रकम बुझाउने गरेका छन् भने कतिपयले ठाउँको ठाउँ जति पैसा भयो, त्यति हातमा दिने अनि सामान नेपालतर्फ भित्र्याउने गरेका छन् ।


अर्कोतर्फ पोके तस्करहरु पनि उत्तिकै सक्रिय भएका छन् । विहान, साँझ तथा रातिको समयमा महिला पोके तस्करहरुले टाउकोमा एवं काँखीमा च्यापेर विभिन्न सामानहरु भारतबाट नेपाल भित्र्याउने गरेका छन् ।वीरगन्ज भन्सारको मुख्य सडक हुँदै अलखिया मठ, आदर्शनगर हुँदै वीरगन्ज बजारका व्यापारीहरु समक्ष सामान पु¥याउने गरेका छन् । सधैं तस्करी गर्दै आएका कुख्यात तस्करहरुले साँझ एवं रातिको समयमा भारतबाट तस्करी गरेर ल्याइएका सामानहरुलाई वीरगन्जको रेशमकोठी, रेल्वे रोड, नगवा लगायतका स्थानहरुमा बनाएको गोदाममा राख्ने अनि त्यहाँबाट दिनदहाडै बोरामा प्याक गरेर आदर्शनगर मुख्य सडक हुँदै घडिअर्वा क्षेत्रमा रहेका ट्रान्सपोर्टसम्म पु-याउने गरेका छन् ।तस्करहरुले दिएको महिनावारी रकम नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म पुग्ने गरेको बताइएको छ ।


प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतामो आउने गरेको सामानलाई कसैले रोकटोक गर्ने गरेको छैन । अहिले तस्करीकाे मुख्य लाइन पाउनेमा भारतीय नागरिक माेख्तार , तमन्ना , महिलाको समुह र रवि, हसन समेतको अठार वटा साइकलकाे समूह छ।ट्रकको तस्करीको लाइन पनि खुल्ने तयारीमा रहेको छ।नेपाल प्रहरीको इनर्वा भन्सारका सई पुर्ण प्रसाद दाहाल र सशस्त्रको भन्सारको प्रमुख निरीक्षक संवरण वमकाे मिलीमताेमा भन्सार क्षेत्रबाट ठूलो तस्करी बढेको छ ।