जनकपुरधाम : “जनतान्त्रिक तराई मुक्ति मोर्चा” तथा “राष्ट्र बचाउ अभियान” एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ का राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक”(डा मनोज कुमार झा) ज्यू को २१ दिन को लामो भारत भ्रमण लगत्तै वहाँ श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव संगको औपचारिक भेटघाटको तस्वीर आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ । उक्त भेटघाटमा डा. मनोज मुक्तिले राजा ज्ञानेन्द्रलाई उपहार स्वरुप श्रीपेच नै दिएको बुझिको छ, जसले निकै ठूलो अर्थ राख्द छ, उनले भनेका छन् , “जनताको नासो/श्रीपेच/राज-मुकुट का असली उत्तराधिकारी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारलाई सुम्पियो” ।


राजा संग को आफ्नो तस्वीर सार्वजनिक गर्दै उनले श्री ५ लाई ” देश, जनता/नागरिक, मित्र-राष्ट्र, छिमेकी राष्ट्र एवं महाशक्ति राष्ट्रले खोजेको/चाहेको विषयवस्तुहरु सुक्ष्म विश्लेषण अवगत गराउदै त्यही बमोजिम तत्काल ठोस, परिणाममुखी, निर्णायक पहलका साथ गम्भीर एवं निर्मम कदम चाल्न विनम्रता का साथ बिन्ती जाहिरी गरेको जनानुभएको छ । विभिन्न विषयवस्तु मा छलफल भइ रहदा राजाले पनि आफ्नो जिज्ञाशाको प्रतिउत्तर फर्काएका समेत उनले जनाएका छन् ।


श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव ले आफ्नो पुरानै अन्दाजमा भाबुक तथा उत्तरदायी बोध भावना का साथ “मलाई फेरि राजा बन्ने र राजगद्दीमा बस्ने चिन्ता छैन, मलाई देश र जनताको चिन्ता छ, आज देश र जनता टुहुरो, अभिभावक बिहिन भएको देख्दा-सुन्दा-बुझ्दा एकदमै चिन्तित छु, दुखी छु ! मैले जनताको नासो जनतालाई सुम्पेको हो र फेरि देश र जनताले जिम्मेवारी दिन्छन भने जिम्मेवारी-बोधका साथ अन्तिम साँससम्म देश र जनताको सेवा गर्न तैयार छु, नेपाल र नेपालीको मान, सम्मान, पहिचान, इतिहासको जगेर्ना गर्ने सम्पूर्ण जिम्मेवारी आम देश-भक्त नेपालीको काँधमा आईपरेको छ, अब आम नेपालीले मातृभूमि प्रतिको कर्तब्य बोधका साथ जिम्मेवार भई निर्णायक पहलकदमी लिनुसक्नु पर्छ, जनताको शक्ति र निर्णय नै अन्तिम निर्णय हो, देश र जनता भन्दा माथि कोहि हुँदैनन् र छैनन् ! के अब निकै ढिलो भईसक्यो, आम नेपालीले सडक बाटै जनादेश दिन सक्नुपर्छ ” भनेर हृदय- स्पर्शात्मक जवाफ पाएको भनेर समेत उद्रीत गरेका छन् ।


स्मरण रहोस् , मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति भारतका प्रायसबै जसो राजनीतिक दल र त्यहाँका सरकारी संयन्त्रमा ठुलै दखल / पकड राख्छन् , उनी बिना कुनै पुर्व एप्वाईन्टमेन्ट कै जो कसैलाई पनि सिधा सम्पर्क र भेटघाट गर्नसक्ने हैसियत राख्छन् । उनको यसपटकको भारत भ्रमणमा भारत सरकार र संस्थापन पक्षको निकै उच्च स्तरमा छलफल भएको बुझिएको छ, मुक्ति भारत मै भएका बेला राजा पनि स-परिवार भारतको दार्जिलिङ भ्रमणमा निस्केका थिए, नेपालमा जारी राज-संस्था पुनःस्थापनाको आन्दोलन र मुक्तिको भारत भ्रमणले नेपालको राजनीतिमा भविष्यमा ठुलै उथलपुथलको संकेत गर्दछ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य एवं जनतान्त्रिक महिला संघका राष्ट्रिय अध्यक्ष श्रीमती नगीना कुमारी झा भन्नुहुन्छ “अध्यक्ष ज्यु नेपाल फर्किन बित्तिकै मोर्चाको सचिवालय बैठक बस्छ, हामी निरन्तर अन्य राष्ट्रवादी देश-भक्त शक्तिहरु सँग व्यापक छलफलमा छै, अब निर्णायक आन्दोलनको उदघोष हुन्छ, जनता कै बलमा यो म्याद गुज्रिएको गणतान्त्रिक संविधानको विसर्जन हुन्छ ।”