लहान सिरहा ४ चैत :  सिरहाको गोलबजार नगरपालिकामा अनियमितता मौलाएको बेला अनियमितताको बारेमा कुरो गर्नेलाइ घरमा पुगि कानमा गोलि ठोक्ने गोलबजार नगरपालिकाको लेखा सचितानन्द साहले एक पत्रकारलाई धम्की गरेका छन।

विभिन्न शिर्षकमा आर्थिक हिनामिनाको सुचना सम्बन्धि बिषय लाइ लिएर अधिकृत सँग फोन सम्बाद गरि कार्यालयमा बोलाएको सरोकारबलाहरुले नै गोलि थाम्ने आँट राख्नु परेपछि समान्री सेवाग्राहीको के हालत होला भने चिन्ताको बिषय सृजना भएको जनाएका छन।

सुचना माँग गर्न पत्रकार पुग्न बितिकै त्यहा बाट हाकिम बाहिर निस्किने र लेखा सचितानन्द साहले हाकिम को कार्यालयमा नै अनियमितताको कुरो गर्ने जो सुकैलाइ गोलि ठोक्ने भने पछि सोही ठाउँमा बसेको एक का स छक्क परे।र लेखालाइ कार्यालयमा कर्मचारी भएर यसरी नबोल्दिनुस सर भनेर भने। हामी सबै समन्वय गरेर अगाडी बढ्नु पर्ने लेखा सचितानन्द साहलाई सम्झाए।