महोत्तरी । महाेत्तरीकाे बर्दिवास नगरपालिका अन्तर्गत भुमि सम्बन्धि समस्या समाधानका लागि पहिलो चरणका नाप ,नक्सा कार्यकाे लागि प्राविधिक टोली खटिन लागेको वर्दिवास नगरपालिकाले एक प्रेस विज्ञेप्ति निकालि जानकारी गराईएका छन। बर्दिवास नगरपालिका वडा नम्बर ३, ४, ६ र ११ मा भुमि सम्बन्धि समस्या समाधानका लागि पहिलो चरणका नाप नक्सा कार्यकाे लागि चैत ५ गते बिहीबारदेखि प्राविधिक टोली खटिन लागेको हाे ।

अव्यवस्थित भूमी समस्या समाधान आयोगसँग नगरपालिकाले गत मंसीर २४ गते गरेको सम्झौता अनुसार, अव्यवस्थित तथा सुकुम्बासीको लगत संकलनको काम पुरा गरेर उनीहरुले दावी गरिएको जग्गाको नापी गर्न टोली खटाउन लागेको हाे अहिले चार वटा वडामा चार वटा प्राविधिक टोली खटिन लागेको छ । आउँदो हप्ताबाट थप ६ वटा प्राविधिक टोली आउने छ ।

त्यसपछि बाँकी रहेको वडाहरुमा काम चापको अधारमा खटाउने छाै प्रमुख: कार्कीले बताए ।उक्त कार्यमा प्राविधिक टोलीलाई वडा अध्यक्ष, वडा सदस्य एवं जनप्रतिनिधिहरुले आवश्यक सहयोग एवं सहजीकरण गर्न नगरप्रमुख: कार्कीले आग्रह गरेका छन् ।