राम नारायण यादव

सप्तरी : सप्तरीमा विद्युत सर्ट भएर आगलागि हु्दाँ २० वटा गाईको जलेर मृत्यु भएको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले उक्त फार्ममा रहेको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा गाई हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको संचालनक मनाजले बताए ।

आगो निभाउने क्रममा फार्मका अर्का संचालक दिनानाथ साह घाइते भएका छन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कचनपुरले जनाएको छ ।