गौशाला । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा पहिलो पटक महोत्सव सुरु भएको छ ।

समग्र समृद्धिका लागि गौशाला महोत्सव भन्ने मूल नाराकासाथ प्रथम गौशाला महोत्सव सुरु भएको हो ।

गौशाला उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले उद्घाटन गरेका हुन् ।

औद्योगिक, व्यापार, परम्परागत संस्कृति, कृषि, पर्यटन प्रवर्द्धनका निमित्त महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव चैत्र १७ गतेसम्म चल्ने गौशाला उद्योग वाणिज्य संघले जनाएको छ ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापालगायतको उपस्थिती रहेको थियो ।