महोत्तरी :  पिछडावर्ग ओबीसी महासभाको प्रदेश नं २ को अधिवेशन सुरु भएको छ । शुक्रवार महोत्तरीको बर्दिवासमा ओबीसीको प्रदेश अधिवेशन सुरु भएको हो ।

पिछडावर्ग ओबीसी महासभाको प्रदेश अधिवेशन मूल आयोजक कमिटीका संयोजक रामपृत यादवको अध्यक्षतामा सुरु भएको अधिवेशन शनिवारसम्म चल्ने बताइएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथि पिछडावर्ग ओबीसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतो, ओबीसीको केन्द्रिय पदाधिकारी, अधिवेशन प्रतिनिधीलगायतको उपस्थिति रहेको छ ।