राजेन्द्र महतो

लहान : प्रदेश सरकारले कोरोना महामारीको समयमा पठाएको राहत बिवादमा परेर केहि महिना देखि अडकिएको राहत साम्राग्री सिरहाको काल्याणपुर नगरपालिका वडा नम्बर – ६ ले आज बुधबार वितरण गरेको छ।

घरेलु तथा साना उधोग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक बिबाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत आज स्थानिय राजनितिक दलका प्रतिनिधि , वडा सदस्य , बुद्धिजिबि संग छलफल गरेर ५८ विपन्न परिवार लाई बितरण गरेको हो। राहतको विषय लिएर बिगत १५ दिन देखि बिवाद चल्दै आएका थिए । बिवाद सुल्झाउन विभिन्न दलका पर्तिनिधिको सर्बद्लिय बैठक बसेको थियो।

उक्त बैठक बाट निर्णय भई उक्त राहत वितरण गरेका सम्बन्धित वडा का अध्यक्ष राईन ले बताएका छ्न। प्रदेश -२सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट पठाएको राहत ५८ बोरा चामल , ५८ जनाको दरले क्रमश १ पाकेट खाने तेल , १ किलो नुन , २ सय ग्राम स्वयाविन र १ वटा हात धुने साबुन लगायतका सामग्रीहरु वडा न ६का ५८ बिपन्न परिवार लाई वितरण गरेको वडा अध्यक्ष मोतिबुल राईनले बताएको छ ।

महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो । सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो