पवन प्रसाद साह

वीरगञ्ज, पर्सा : बहादुरा माई नगरपालिका गम्हरियामा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सक्रिय सदस्यता वितरण तथा ईकाई समिति गठन भएकोछ।

त्यस कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु चौरसिया के.सदस्य अर्जुन सिंह ठकुरी जि.अध्यक्ष अंगद ठाकुर जिल्ला उपाध्यक्ष अवधकिशोर साह जिल्ला सचीव अजय पौडेल बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ जिल्ला सदस्य गया ठाकुर लगायतका उल्लेखनीय सहभागिता मा २३५ जनालाई सक्रिय सदस्यता वितरण गरेकोछ। त्यसै गरि महिला पुरुष लाई समायोजन गरि १२१ जनाको ईकाई समिति समेत गठन गरेकोछ।

देशको तत्कालीन राजनीति अवस्था निकै फोहोर र अमर्यादित रहेको ठहर गर्दै अबको राजनीति निकाश भनेको राजा सहितको प्रजातन्त्र नै उत्तम विकल्प रहेको वक्ताहरुले आफ्नो धारणा राखेका थिए।