जनकपुरधाम : प्रदेश २ मा बाल हेल्पलाईन सञ्चालनमा आएको छ । मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार र आसमान नेपालको संयुक्त सहकार्यमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनमा आएसंगै बालबालिकालाई जोखिम कम हुने आक्लन गरिएको छ । कार्यालयले बालबालिकाको मौलिक अधिकारको लागि काम गर्ने कार्यालयकी संरक्षण अधिकृत किरण यादवले जानकारी दिइन् ।

यसयघि प्रदेश २ मा बालहेल्प लाईन नहुँदा विपदमा परेको बालकालिकालाई उद्धार गर्नसमेत कठिनाई भइरहेको थियो । अधिकृत यादवका अनुसार सिमासंग जोडिएको यस प्रदेशमा बालबालिका जोखिममा पर्ने गरेको भन्दै कार्यालयले त्यसता बालबालिकालाई तत्काल अवास गृहमा राखेर परिवारलाई जिम्मा लगाउने छन् ।

‘जोखिममा परेको बालबालिकालाई उजुरी र समाचारको अधारमा खोजी गरी पुनः परिवारलाई नै जिम्मा लगाउँछौं,’उनले क्षेत्राधिकार बारे जानकारी गराउँदै भनिन्, ‘तस्कारी हुन लागेको बालबालिका, निकृष्ट बालश्रम गरिरहेको बालबालिका, हराएका र जोखिममा परेको बालबालिकाको लागि काम गर्छौं ।’

प्रदेश २ मानव सुचाङ्कको तल रहेकाले पनि धेरैजसो बालबालिका निकृष्ट काम गर्न बाध्य रहेको उनले जानकारी दिईन् ।