महोत्तरी चैत्र १९ (मधेश टप): नागरिकता लगायत बिभिन्न ९ बुँदे माग राख्दै पिछडावर्ग OBC महासभाले आनदोलन थालेको छ । जन्मसिद्व नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, पिछडावर्ग OBC आयोग गठन गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै ओविसीले आनदोलन सुरू गरेको हो ।

पुर्व निर्धारित कार्यक्रम अनुसार बिहिवार सिरहाको जिल्ला प्रशासन कार्यालय अगाडी ओविसीका कार्यकर्ताहरूले धर्ना दिएका छन । सिरहामा पिछडावर्ग OBC  महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको नेतृत्वमा धर्ना कार्यक्रम सम्पन्न गरिएको पिछडावर्ग OBC  महासभाका राष्ट्रिय सह महासचिव नागेन्द्र सिंहले  जानकारी दिए । 

धर्ना कार्यक्रममा महासभाका राष्ट्रिय महासचिव नथुनी कुशवाहा, प्रदेश नं २ का निवर्तमान अध्यक्ष रामपृत यादवलगायत दर्जनाैं कार्यकर्ताहरूको उपस्थिती थियो ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रवार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिने कार्यक्रम रहेको छ । 

गएको फागुन २२ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओविसी महासभाले विभिन्न चरणको आनदोलनको कार्यक्रम सार्वजानिक गरेको थियो । ओबिसीले अगामी बैशाख ११ गते मधेश बन्दको आह्वान समेत गरेको छ ।