चैत्र २१ गते वीरगञ्ज (मधेश टप): पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौ साबिक वार्ड नं ४ मा आगलागीबाट ३ घर जलेर नष्ट भएको छ।घर जलने मा आलिम मिया पवरिया को १ घर घरमा भएको लता कपडा पलंग गरगहना तथा खाघान सामग्री जलेर नष्ट भएको छ। त्यस्तै मिनतुजार मिया पवरिया को १ घर घरमा भएको लता कपडा पलंग गरगहना साथै खाधान सामग्री समेत जलेर नष्ट भएको छ र लालबाबु शेख को एक घर घरमा भैंसी राखने र पराल को भुसा राखने घर जलेर नष्ट भएको छ जलेर नष्ट भएको छ।

आगलागी नियन्त्रणमा टोल बासी, नेपाल प्रहरी, सस्त्र प्रहरी लगायत को साथै बारुन यन्त्र को सहयोग ले आगो नियन्त्रणमा आएको थियो।आगो के बाट लागेको हो त्यो एकिन भएको छैन