बर्दिबास महोत्तरी चैत्र २२ (मधेश टप): बर्दिबास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयका कम्प्युटर अपरेट सुमन गौतममाथि अज्ञात समूहले छुरा र रड प्रहार गरेको छ । गएराती महोत्तरीको बर्दिबास ३, गौरिडाँडास्थित आफ्नो बाहिर उनीमाथि चार जनाको समूहमा आएका युवकले रड र छुरा प्रहार गरेको पीडितले बताएको छ ।

उनको घाउ, छाती र टाउकोमा घाउ तथा चोटपटक लागेको छ ।घाइते गौतमको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार पश्चात राती नै घर फर्किएका छन् । रड र छुरा प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।