मधेश टप डेस्क राजन झा

चैत्र २२ गते रौतहट (मधेश् टप):

प्रकाशजीत आई हस्पिटल एण्ड नर्सिङ्ग होम प्रा.लि. गरुडा ५ शिवनगर,रौतहट र यस वडा का वडा अध्यक्ष श्री पुनित सहनी लगायत यस वडा को वडा अध्यक्ष पुनित सहनीको विशेष पहलमा निःशुलक आँखा सिविर कार्यक्रम मिति–२०७७।१२।२२ रोज आईतबार का दिन डा.संजय कुमार साह को विशेष टिम अन्र्तगत रहेका डा.विवेक कुमार कुशवहा , डा.सुशिल वावु पटेल, एकाउण्टेड सिताराम साह , झगरु यादव ले पुरुष–२७ महिला–१८ गरी जम्मा–४५ जना व्यक्ती को चेक जाँच गर्दा मोतियाविन्दु को रोगी –१३ जना फेलापारेको र सम्बन्धति रोगीहरु लाई आफु कार्यरत अस्पतालमा अगामी चेक जाँच गरी इलाज गर्ने भएकोले यस वडा कार्यालय मार्फत प्रकाशजीत आई हस्पिटल एण्ड नर्सिङ्ग होम प्रा.लि. गरुडा ५ शिवनगर, रौतहट लगायत डा.संजय कुमार साह को विशेष टिम लाई निकै सराहनीय काम गरेकोले वापत आभर प्रकट गरी धन्यवाद व्यक्त गर्दछौं ।