अर्थ राज (डेस्क रिपोर्ट)

जनकपुरधाम चैत्र २४ (मधेश टप): प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा जनकपुरको आकाश पनि तुँवालोले ढाकेको छ ।एकास्सी भाधेको वायु प्रदुषण हेर्दा स्थानीय वशी हैरान । जनकपुरको आकाश एकाएक तुँवालेले ढाकिएपछि जनजीवन प्रभावित भएको छ ।

जनकपुरमा तुँवालोको कारण एक्यूआई भने ८२ देखाएको छ । वातावरणको लागि मोडरेट दर अर्थात प्रदुषीत भएको भनेर देखाएको छ ।

दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको कारण तुँवालोले ढाकिएको हुन सक्ने बुझिएको छ ।

सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।

यसअघि काठमान्डौंमा समेत बाक्लो तुँवालोले ढाकेपछि उच्च वायुप्रदुषण भएको थियो । जथाभावी रुख कटानी, वन जँगल फडानीको पनि प्रभावले तुँवालो लागेको हो ।