अर्थ राज (डेस्क रिपोर्ट)

बारा २७ चैत्र (मधेश टप डेस्क): तस्करी को बढ्दो चाप मा केहि नियन्त्रण छैन कानुन व्यववस्था पनि उस्तै रहेको, धेरै दिन देखि सशस्त्र प्रहरी बलका डिआइजी चन्द्रप्रकाश गौतमले तस्करी नियन्त्रणका लागि अनेकौं प्रयत्न गरेपनि मातहतका बिओपी प्रमुखको संरक्षण र,सेटिङमा ठूलो तस्करी धन्दा भने चलिरहेको छ।उनि डिआइजी गौतम छड्के निरीक्षणमा निस्कने बित्तिकै उनकै गाडीमा भएका देखि बाहिनीमा कार्यरत जिम्मेवार अधिकृतले नै सूचना चुहावट गर्ने गरेको समेत खुलेको छ।जसका कारण चाहेर पनि उनले तस्करी नियन्त्रण गर्न सकिरहेका छैनन् ।

अहिले मटिर्वाबाट पनि सशस्त्रको सेटिङमा तस्करी चलिरहेको छ। यसरी तस्करीको लाइन पाउनेहरूमा भारतीय नागरिक मनान मुख्य सुचीमा छन् ।उनले कपडाको ठूलो तस्करी गरिरहेका छन् भने यसबाहेक तस्करीको लाइन पाउनेमा सुर्तीको कारोवार गर्ने राजकेशरी, रजनीगन्धाको काम गर्ने राजेश केशरी , कपडाको काम गर्ने लालबाबु साह र हाडवेयरको काम गर्ने बासुदेव एवं रामअयोध्या छन् । यो नाकाबाट काम गर्ने यी ठूला व्यापारी हुन। सशस्त्र प्रहरी बलको यहाँको बिओपीमा प्रहरी निरीक्षक दीपेन्द्र फूयांल प्रमुख छन् । उनी यसअघि पनि तस्करीको लाइन दिएको बिषयमा बिबादमा पर्दै आइरहेका छन् । डिआइजी गौतमले यसतर्फ पनि निगरानी बढाउने कि ?