जनकपुरधाम : आज मंगलबार नेपालमा ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखियो । तीमध्ये बालबालिकाको संख्या ४८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ वर्षभन्दा कम उमेर समूहका ५ जना र १० देखि १९ वर्ष उमेर समूहका ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै ६० वर्ष भन्दा बढी उमेरका ४६ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

कोरोना संक्रमण बढ्न थालेदेखि स्कुल तथा कलेजहरुमा अनलाइन विधिबाट कक्षा संचालन गर्ने वा नगर्ने भन्ने बहस चलिरहँदा कम उमेर समूहका बालबालिकामा संक्रमण देखिन थालेपछि यसले बहसलाई थप मलजल गरेको छ ।

कोरोना विरुद्धको खोप पनि १८ वर्ष उमेर समूह भन्दा तलका बालबालिकाहरुलाई लगाउनको लागि विश्‍व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।