विसुन देव सरदार

लहान : सिरहाको धनगडीमाई नगरपालिका – १२ सिमलटोकी दुर्गा मन्दिर परिसरमा सञ्चालित भ्यागुते र चरचरेका खोप लगाऊ, पशु बचाऊ नाराका साथ एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरका प्रमुख अतिथि वडा अध्यक्ष राजु श्रेष्ठ , अतिथिहरु जनचेतना ग्रामीण एकीकृत विकास केन्द्रका अध्यक्ष प्रकाश शर्मा , लायन्स युवा क्लबका अध्यक्ष विरेन्द्र कुमार महतो , लहान प्राविधिक शिक्षालयका उपप्रमुख दुलिचण्द चौधरी , नेपाल भेटनरी एसोसिएसनका कृषि प्रशिक्षक पशुपालन प्रदेश न. २ का सहसचिव डा. प्रदिप कुमार मण्डल , डा. मुकेशमनी सिँह , प्रशिक्षक विरेन्द्र कुमार यादव , स्थानीय नेता राम कुमार साह , रामस्वरुप सदा लगायत किसानहरुको उल्लेखनीय सहभागिता बिच कार्यक्रम सम्पन्न भएको थियो ।

पुर्व निर्धारित समय अनुसार हिजो चैत्र ३१ गते विहान ६:०० बजे देखि सञ्चालित शिविरमा १५०० पशुहरुलाई भ्यागुते र चरचरे रोगका नि: शुल्क खोप लगाइएको छ।

खोपको अतिरिक्त जुक्काको औंषधी , पेचुवा साथै ४०० विरामी पशुलाई उपचार गरिएको हो।
लायन्स युवा क्लब जनचेतना एकीकृत ग्रामीण विकास केन्द्र धनगडीमाई – १२ द्वारा आयोजित कार्यक्रममा अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले यो शिविरले समाजमा सकारात्मक सन्देश दिने बारे बोलेका थिए।
कार्यक्रममा परिक्षार्थी डाक्टरहरु ४ वटा समूह (टोली) बनाई पशुहरुको उपचार सञ्चालन गरिएको थियोे ।

भने काशिराम खड्काको कालो गोरुलाई डा. मुकेशमनी सिँहले खोप लगाई उदघाटन गरेको थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन लायन्स युवा क्लब सिमलटोकीले मिलाइएको अध्यक्ष विरेन्द्र यादवले बताए ।