जनकपुरधाम : भारतमा पछिल्लो समय चलेको कोरोनाको दोस्रो लहरले बलिउड कलाकारदेखि राजनीतिज्ञलाई पनि सङ्क्रमित बनाएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने पछिल्लो व्यक्ति भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ रहेका छन् । उनले आफू कोरोना सङ्क्रमित भएको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जाल ट्वीटरमा आफू कोरोना पोजेटिभ भएको जनाएका हुन् । 

बुधबार ट्वीटरमार्फत उनले आफू सङ्क्रमित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’

उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको जनाएका छन् । 

आफूले सबै काम ‘भर्चुअली’ सम्पादन गरिरहेको पनि उनले उल्लेख गरेका छन् । आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् ।