मधेश टप डेस्क

एजेन्सी, ६ वैशाख : लखनउ पुलिसले हनी ट्रयापमा पारी पुरुषलाई फसाउने र व्ल्याकमेल गरेर पैसा उठाउने एक गिरोहका पाँच सदस्यलाई पक्राउ गरेका छन् । त्यसमा तीन पुरुष र दुई महिला रहेका छन् । तीनै जना पुरुषले प्रहरीको ड्रेस लगाएर मानिसलाई डराई धम्काई पैसा असुल गरिरहेका थिए । प्रहरीले पाँचजनालाई नै पक्राउ गरि कारवाही अगाडी वढाएको छ ।

जानकारीको मुताविक लखनउको थाना हजरतंग क्षेत्रमा एक पिंडित व्यक्तिले पुलिसलाई सूचना दिएका थिए । उक्त व्यक्तिले दुई महिलाहरुले तीन जना पुलिससँग मिलेर व्ल्याकमेल गरिरहेको र अश्लिल भिडियो भाइरल गर्ने धम्कि दिएर पैसा मागेको वताए ।

त्यसैले उक्त व्यक्ति मानसिक रुपले दुःखि भएको र यो झंझटवाट चाँडै निस्कन चाहेका थिए नभए उसको अगाडि आत्महत्या भन्दा अर्को उपाए नभएको पनि वताएका थिए ।

पुलिसले पिडितको उजुरीलाई गम्भिरतापुर्वक लिए र सर्भिलियन्स् को एक टिम वनाई यो सम्वन्धि जाँचमा लगाए । त्यस पछि पिडितको मद्दत लिएर उनिहरुलाई रेड ह्याण्ड पक्राउ गरे । त्यो वेला तीनजना पुलिसको वर्दीमा र दुईजना महिलाहरु थिए ।

पुलिसले पाँचै जनालाई हिरासतमा लिएका छन् । सोधपुछ पछि उनिहरुको परिचय मिलेकोछ । केटाहरु पंकज गुप्ता, अतुल सक्सेना, अजीजुल हसन सिद्दीकी छन् ।

पुलिस कमिश्नर डीके ठाकुरको भनाई अनुसार उनिहरु सोशल साईटवाट आफ्नो नजिकको मानिसहरु चिनेर टेलिफोनमा मिठो मिठो कुरा गरि जालमा फसाएर निर्धारित स्थानमा वोलाउने र ती महिलाहरुले अश्लिल कुरा गरी कपडा खोल्न लगाउने ठीक त्यही समयमा प्रहरी भेषमा केटाहरु आएर भिडियो वनाई व्ल्याकमेलिङ्ग गर्दथे ।

उजुरीको आधारमा सवैलाई पक्राउ गरिसकेको र अगाडीको कारवाही जारी रहेको जनाएको छ ।