बैसाख ६ (मधेश टप डेस्क): तराई मधेसका चर्चित मैथिली गायकको अाज सोमबार निधन भएको छ ।

मृत्यु हुनेमा सिरहा जिल्लाको गोलबजार डोहटिया निवासी अन्दाजी ४० बर्षिय गुरूशरण सदाको मृत्यु भएको छ ।

उनलाई केही दिनदेखि ज्वरो अाइरहेको परिवारले जनाएको छ ।

गायक सादा दलित मुसहर समुदायको अधिकारकर्मी तथा चर्चित गायक थियोे । उनलेे मैथिली तथा नेपाली गितहरू गाएका थिए । उनी सांगीतिक क्षेत्रमा करिब १० बर्ष देखि निरन्तर काम गर्दै अाइएका थिए ।