जनकपुरधाम : धनुषाको कमला नगरपालिका भ्रस्टाचारको अखाडा देखिएको छ । केहि दिन पहिला जनता समाजवादी पार्टी (जसपा) द्वारा ९ बुँदे मांग राखेको थियो मांगका साथ शान्ति पूर्ण धर्ना समेत दिएको थियो ।

तर धर्ना लाई केहि वास्ता न गरि गैरकानुनी ढंगले मेयरले नगर सभा गरेको थियो। त्यस मागहरु यस प्रकार थियो करोना(कोभिड – १९ )को हर हिसाब सार्वजनिक ७४/७५/७६ का हर हिसाब सार्वजनिक बृद्ध भत्ता, बाल बालिका भत्ता बितरण गर हाल सम्म मांग हरु सम्बोधन गरेका छैन त्यसैले जनता समाजवादी पार्टी (जसपा) द्वारा आज नगरपालिकामा ताला बन्दी गरियो ।

धनुषाको कमला नगरपालिकामा तालाबन्दी । बजेट बाँडफाँटमा विवाद भएपछि वडाध्यक्षले नै गरे तालाबन्दी । कामकाज ठप्प भएपछि समस्यामा जनता ।