जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५९, बारामा १४, रौतहटमा ६, धनुषामा ३, महोत्तरीमा ३, सर्लाहीमा ३, सप्तरीमा ३ र प्रदेश बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ सय ६९ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ३ सय ७८ जना पुरुष र १ सय ७६ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवका अनुसार मंगलबार प्रदेशमा थप एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै यस प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका- १४ बहुअरी टोल घर भएका ५७ वर्षीय पुरुषलाई ज्वरो तथा स्वास प्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा २९ चैतमा संक्रमण पुष्टि भएको थियो ।

सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत रहेका संक्रमित पुरुषको ५ वैशाखको विहान साढे १२ बजे मृत्यु भएको वरिष्ठ चिकित्स्क यादवले जनाए ।