जनकपुरधाम : ज्ञानले पत्ता लगाएको छ की हाम्रो सौर्यमण्डलदेखि सबैभन्दा नजिक अर्को सौर्यमण्डल ‘अल्फा सेन्टुरी सिस्टम’ हो। यस सिस्टममा तीनवटा तारा छन् (अल्फा सेन्टुरी ए, अल्फा सेंटरी बी र अल्फा सेन्टुरी सी अथवा प्रोक्सिमा सेन्टुरी।

यो ‘ट्रिपल स्टार सिस्टम’ हो। अल्फा सेन्टुरी ए र बी एक अर्काको परिक्रमा गर्छन् ।अल्फा ए ‘मास’ र चमक दुबैमा हाम्रो सूर्य भन्दा धनी छ अल्फा बी भने सूर्य भन्दा आधी जति मात्रै छ। यिनले एक अर्काको परिक्रमा झण्डै ८० वर्षमा पूरा गर्छन्। परिक्रमा गर्ने कारणले यिनीहरु बीचको दूरी थपघट भई रहन्छ।

नजिक हुँदा यिनीहरु बीचको दूरी ११ एस्ट्रोनॉमिकल यूनिट (झण्डै सूर्य र शनि ग्रह बीचको दूरी) र टाढा हुँदा दूरी ३५.६ एस्ट्रोनॉमिकल यूनिट ( सूर्य र प्लूटो बीचको दूरी समतुल्य ) हुने गर्छ।अल्फा सी अथवा प्रोक्सिमा सेन्टुरी भने यी दुबै भन्दा १३००० एस्ट्रोनॉमिकल यूनिट टाढा ( ०.२१ प्रकाश वर्ष ) छ। पृथ्वीको विज्ञान जगतमा चर्चा अहिले यसै प्रोक्सिमा सेन्टुरीको भइरहेको छ।

यो चर्चा हुने विशेष कारण छ। कारण के भने हाम्रो सूर्यको सौर्य मण्डलको एक मात्र जीवन्त ग्रह (अहिलेसम्म थाहा भए अनुसार) पृथ्वीबासीको सबैभन्दा ठूलो खोज गर्ने चाहना तपाईको विचारमा के हुन सक्छ ?पहिला यस अमूर्त सन्देश बारे सामान्य चर्चा गरौं। परग्रही (एलियन) विषयक खोजमा आबद्ध वैज्ञानिकहरुले बेला मौकामा पृथ्वीभन्दा बाहिरबाट आएका रेडियो सन्देश प्राप्त गर्ने गरेका छन्। यस्ता सन्देश अर्बौ प्रकाश वर्ष टाढाबाट प्राप्त हुने गर्छन्।

वैज्ञानिकहरुले यस्ता सन्देशलाई ‘फास्ट रेडियो ब्रस्ट’ नामकरण गरेका छन्। हाम्रै आकाशगंगा ‘मिल्की वे’ र अर्बौ प्रकाश वर्ष टाढाका ‘ग्यालेक्सी’ बाट आएका यस्ता रेडियो सन्देश थुप्रै पटक ‘डिटेक्ट’ भएका छन्।अहिले आएर थप अनुसन्धान भएपछि आश्चर्यजनक तथ्य उजागर भएको छ। यी सन्देश हाम्रो सबैभन्दा निकटको छिमेकी सौर्य मण्डल ‘अल्फा सेन्टुरी सिस्टम’ को प्रोक्सिमा सेन्टुरी तारातिरबाट आएको पत्ता लागेको छ। निकटस्थ सौर्य मण्डलबाट रेडियो सन्देश प्राप्त हुनु एलियनको खोजीमा रहेका वैज्ञानिकका लागि उत्साहजनक बनेको छ।

प्राप्त जानकारी अनुसार यी रेडियो सन्देशको तरंग फ्रीक्वेंसी ९८२ मेगाहर्ट्ज़ रहेको थियो। र यसको फ्रीक्वेंसीमा प्रोक्सिमा सेन्टुरी तारा अथवा यसका ग्रहहरुको खगोलीय गतिविधिका कारण निरन्तर परिवर्तन भइरहेको थियो।प्रोक्सिमा बी जम्मा ४.२४ प्रकाश वर्ष टाढा भए पनि यो दूरी पृथ्वीको विज्ञानका लागि अकल्पनीय छ।

पृथ्वीको विज्ञानले विकास गरेको सर्वाधिक गतिको रकेटबाट पनि यो दूरीमा पुग्न ७० हज़ार वर्षको समय लाग्छ । प्रोक्सिमा सेन्टुरी ताराका अहिलेसम्म ज्ञात भएका दुइवटा ग्रह छन् – प्रोक्सिमा बी र प्रोक्सिमा सी। प्रोक्सिमा बी झण्डै पृथ्वी आकारको ग्रह हो।

यसको खोज (पृथ्वीवासीका निमित्त) जम्मा ४ वर्ष पहिला सन २०१६ मा भएको थियो।यो आफ्नो सूर्यबाट (प्रोक्सिमा सेन्टुरीबाट ) ०.०५ एस्ट्रोनॉमिकल टाढा ( झण्डै ७५ लाख किमी ) छ र यसले आफ्नो सूर्यको परिक्रमा झण्डै पृथ्वीका ११.२ दिनमा पूरा गर्छ ।

प्रोक्सिमा सी भने पृथ्वी भन्दा झण्डै चार गुना ठूलो वरुण ग्रह आकारको छ। र यो पृथ्वी भन्दा झण्डै ७ गुना ‘म्यासिभ’ छ। यसको आफ्नो सूर्यसंग दूरी १.४९ एस्ट्रोनॉमिकल यूनिट अर्थात २२,३०००,००० किमी छ। यसले आफ्नो सूर्यको एउटा परिक्रमा गर्न १९२६ दिन अर्थात पृथ्वीका ५.२८ वर्षको समय लगाउँछ।

हुन त प्रोक्सिमा बी जम्मा ४.२४ प्रकाश वर्ष टाढा भए पनि यो दूरी पृथ्वीको विज्ञानका लागि अकल्पनीय छ। पृथ्वीको विज्ञानले विकास गरेको सर्वाधिक गतिको रकेटबाट पनि यो दूरीमा पुग्न ७० हज़ार वर्षको समय लाग्छ।

कथं कदाचित त्यहाँ मानिस छन् भने पनि अथवा कल्पना गरौं हामी मध्ये कोही त्यहाँ पुग्छ र उसले इन्टरनेट मार्फ़त कुनै सन्देश पठाउछ भने त्यो सन्देश पृथ्वीमा उसका साथी भाईसम्म आई पुग्न ४.२४ वर्षको समय लाग्छ।

पृथ्वीको विज्ञानले भर्खरै मात्र क्वान्टम कम्प्यूटर बनाउने सफलता पाएको छ। यस उपलब्धिले क्वाण्टम इंटेंगलमेंट (बहुत नाजुक स्थिति) को ढोका उघारी दिएको छ। आउने भविष्यमा यो सम्भव भयो भने हामीले कल्पना पनि गर्न नसक्ने परिवर्तन आउछन्।