विसुन देव सरदार

लहान : सिरहाको लक्ष्मीपुर- पतारी गाउँपालिका वडा न. २ पर्सा पोखरभिण्डामा हिजो बैशाख १० गते साँझ ६ बजेर २५ मिनेटमा भिषण आगलागी भएको हो ।
आगलागीमा स्थानीय पर्सा पोखरभिण्डा बस्ने वर्ष ६५ को रामलोचन साहको २ ओटा घर , गोठ , मिल घर गरि नगद ६ लाख बराबरको मालसामान जलेर नष्ट भएको हो ।

स्थानीय ३० वर्षिय आन्नद कुमार साहको १ आश्रमी घर लगायत करिब १० लाख मूल्य बराबरको क्षति भएको हो ।

स्थानीय २५ वर्षिय धिरेन्द्र साहको १ घर , गोठ १ , आश्रमी घर लगायत आठ लाख बराबरको क्षति ।

स्थानीय ३६ वर्षिय लक्षु साहको घर १ , गोठ घर गरि ३ लाख बराबरको क्षति ।

त्ससैगरी स्थानीयहरु ३२ वर्षिय लाले साहको घर , गोठ गरि ३ लाख बराबरको क्षति , ६५ वर्षिय अर्सकीको ४ ओटा घर जेलर करिब ५ लाखको क्षति , सचिनद्र साह वर्ष २६ को घर १ , गोठ गरि ६ लाख नगद रुपैयाँ सखाप भएको हो ।
आगो कसरी लाग्यो यकिन हन नसकेको प्रहरीले बताए ।
आगो नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नवराजपुर र वि ओ पि बरहरी द्वारा आगो नियन्त्रणमा लिइएको थियोे भने वारुण नियन्त्रण लहानबाट दमकल द्वारा नियन्त्रणमा लिइएको युवक प्रविण कुमार यादवले बताए ।