जनकपुरधाम,बैशाख ११गते :
धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोले आज एक सडकको शिलान्यास गरेको छ ।
शनिवार धनुषा निर्वाचन क्षेत्र ३ को धनौजी गाउँपालिका बाट निर्वाचन क्षेत्र २ अको औरही गाउँपालिका जोडने सडकको जसपा पार्टीका वरिष्ठ नेता समेत रहेका महताले शिलान्यास गरेका हुन । प्रदेश नम्बर २ को भौतिक पुर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत धनुषाको देउरी हुलाकी सडक देखी धनौजी गाउँपालिका देखी लखौरीसम्मको सडकको शिलान्यास गरेको हो ।

वरिष्ठ नेता महतो र प्रदेश नम्बरका प्रदेश सांसद् परमेश्वर साहले संयुक्त रुपमा धार्मिक परम्परा अनुसार पुजापाठ गरी उक्त सडकको शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष प्रमोद यादव, संजय सिंह, ज्ञानु झा लगायतका नेता तथा कार्यकर्ताहरको उपस्थििति रहेको थियो ।