लहान , ११ बैशाख (मधेश टप डेस्क): आज सिरहा बहिरा संघका कार्यालय ( प्रमुख ) अध्यक्ष गंगाराम यादवले टेलिफोन सम्पर्क गरि सिरहा बहिरा संघ बहिरा विद्यालयमा परिणत तथा शाखा विस्तार बारे जानकारी गराइएको छ।

सिरहा बहिरा संघ सिरहाको स्थापना विक्रम संम्वत २०५१ सालमा भएको हो । अहिले सिरहा बहिरा संघमा उपचार गराउनेको संङ्ख्या प्रति दिन १०० जना बिरामी आइरहेको छ। यो सँगै ८५ जना बहिरा बालबालिका अध्ययनरत रहेको उक्त संस्थामा श्रवण यन्त्र जडानको सेवा सुविधा समेत दिइएको छ।

सिरहा बहिरा संघ सेवा तथा सुविधाहरुमा प्राथमिक कान उपचार केन्द्र पाँच ठाउँमा रहेको छ। शाखा सिरहा ९ गुलेरिया , मालटोल धनुषा , सिन्धुली सदरमुकाम , उदयपुर कटारी , जनकपुर सदरमुकाम स्टेशन नजिक रहेको छ। साथै समय समयमा शिविर राखी कानको शल्यक्रिया सहितको सेवा दिइएको छ। उक्त संस्थामा जम्मा जम्मी २० जना स्टाफ सङ्ख्या रहेकोमा अध्यक्ष गंगाराम यादव पुर्व लहानमा कार्यरत थियोे