जनकपुरधाम : लामो समय देखि राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न मागहरु राखी राष्ट्रव्यापी राष्ट्रवादी आन्दोलन संचालन गरिरहेको डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा र गोवर्धन दासले नेतृत्व गरेका “दलित, मुस्लिम जनशक्ति पार्टी” बिच आज एक विशेष कार्यक्रमको आयोजना गरि एकीकरण भएको छ, र जारी प्रेस वक्तव्यमा भनिएको छ;

श्री गोवर्धन दास ज्युले नेतृत्व गर्नुभएको निर्वाचन आयोगमा दर्ता नं. “दलित, मुस्लिम जनशक्ति पार्टी” जुन संघीय संसदको निर्वाचन २०७४ मा समेत सहभागी भई सम्मानजनक मत समेत हासिल गर्न सफल राजनीतिक दल आज मिति २०७८/०१/११ गते आइतबार सिरहा जिल्लाको मिर्चैयाको होटल ग्रान्डमा आयोजित विशेष समारोहका बीच डा. मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) ज्युले नेतृत्व गर्नुभएको “जनतान्त्रिक तराई मुक्ति मोर्चा” सँग एकीकरण भई आजैको तिथि मिति देखि लागू हुने गरि “दलित, मुस्लिम जनशक्ति पार्टी” र त्यस अन्तर्गतका सम्पूर्ण जातीय, वर्गीय, पेशागत संघ-संगठनहरु ” जनतान्त्रिक तराई मुक्ति मोर्चा” को निति, विधान, आचारसंहिता र निति-निर्देशनको परिधीमा रहि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” कै नामले सम्पूर्ण गतिविधि संचालन गर्ने-गराउने सहमति-सम्झौता गरिन्छ ।