जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका बजार दैनिक ३/३/ घण्टा गरि ६ घण्टा मात्रै खोल्ने निर्णय गरेको छ ।

बिहान ७ देखि १० बजेसम्म र अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म मात्रै बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाडका कारण जोखिम उच्च हुन सक्ने भन्दै सतर्कता अपनाइएको छ ।

कार्यालयले हाललाई एक दिनमा दुईवटा पालिकाका सेवाग्राहीले मात्र सेवा लिन पाउने जनाएको हो ।