जनकपुरधाम : नेपालमा गएको २४ घण्टामा तीन हजार ५३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टिजेन विधिबाट ८९३ को परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो।

ncell
मन्त्रालयले गएको २४ घण्टामा १२ जनाको ज्यान गएको जनाएको छ। यो सहित मृतकको संख्या तीन हजार १७६ पुगेको छ।