एजेन्सी-
जनकपुरधाम, वैशाख १५ गते:

कोरोनाको हटस्पट भारतमा बितेको २४ घण्टामा ३ लाख ६० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा त्यहाँ ३ हजार २९३ जनाको मृत्यु भएको भने त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७९ लाख पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

कोरोनाबाट २ लाखभन्दा बढीको मृत्यु हुने भारत चौथो राष्ट्र बनेको हो ।