जयनाथ यादव /लहान : सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा २ पर्सा मा अगालागी बाट भएको अग्नी पिडितलाई बाला सुन्दरी भगवती पावन धर्ती भगवानपुर गाउँपालिकाको उर्जाशील युवा समुह द्धारा राहात वितरण गरिएको छ ।
उर्जासिल युवा समुहले स्वयंम आफ्नै लगानीमा राहात दिईएको छ । समुहमा आवद्ध भगवानपुर गाउँपालिकाका कर्मचारी समाजसेवीहरु रहेका छन् ।


भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादव ,जिवछ यादव ,जय प्रकाश यादव ,पुष्पेन्द्र कुमार यादव ,संतोष यादव,मनोज कुमार साह रहेको छ ।
प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवका अनुसार अग्नि पिडित प्रत्येक परिवारलाई चामल २५ के.जी एक १ वोरा ,चुरा ५ के.जी ,मुरही ५ के.जी,रहर दाल २के.जी ,सोयबिन १ के.जी ,खाने तेल १ के.जी, सर्फ १ के.जी , भुजिया १के.जी ,भेष्ट ३थान ,नुहाउने साबुन २पिस, हाफपाईन्ट १थान ,नुन २ केजी , सुति साड़ी १वटा , कमल १वटा यि समानहरु वितरण गरिएको ‘उनले भने’ ।


आगोले क्षती पुर्याएको ८ घर परिवार लाई हामी दिन सक्ने राहत प्याकेज दिएका छौँ। राहात पाउनेमा राम लोचन साह, लछुराम साह ,लाले साह, आनन्द साह, विरेन्द्र साह ,धिरेन्द्र साह ,भगलु साह ,सचिन्द्र साह लाई राहात समाग्री वितरण गरेको यादव भने ।