जनकपुरधाम : “जन-संवाद तथा साक्षात्त्कार अभियान” तहत प्रत्येक्ष जनतासँग सम्पर्क गर्न देश दौडाहामा रहेका राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) द्वारा हस्ताक्षरित एवं आजै जारी गरिएको प्रेस विज्ञप्ति अनुसार मोर्चाका सबै जिल्ला कार्य समितिहरु विघटन गरिएको छ र राष्ट्रिय अध्यक्ष कै उपस्तिथिमा पुनः सबै जिल्लाहरुमा मोर्चा र मोर्चा मातहतका सबै संगठनहरु पुनर्गठन हुने भएको छ, र त्यसै क्रममा सिरहा जिल्लामा मोर्चाले आफ्नो नेताहरुलाई विशेष जिम्मेवारी पनि दिएको बुझिएको छ । उक्त प्रेस वक्तव्यमा भनिएको छ,

हाम्रो मातृभूमि नेपाल आज इतिहास कै गम्भीर मोडमा पुगेको र देश नै विसर्जन हुने अवस्था सृजना भई हामी नेपाली पहिचान बिहिन हुनपुगेको तथ्य सर्वविदितै छ । यस अत्यन्तै विष्म परिस्थितिलाई चिर्न एवं हाम्रो धर्म, संस्कृति, परम्परा, मौलिकता, इतिहास, राष्ट्रिय एकता, भाइचारा, राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, जनतन्त्रको रक्षाका लागी विगत १७ वर्षदेखि निरन्तर संघर्षरत देशभक्त राष्ट्रवादी शक्तिहरुको मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” ले जारी नागरिक आन्दोलनलाई अझ व्यापक प्रभावकारी एवं निर्णायक बनाउन राष्ट्रव्यापी रुपमा संचालन गरेको “जन-संवाद तथा साक्षात्त्कार अभियान” लाई व्यापक जनसमर्थन प्राप्त भईरहेको र विभिन्न राजनीतिक दल, अभियान परित्याग गरि तथा स्वतन्त्र बुद्धिजीवी, ब्यापारी, समाजसेवी, नागरिक अभियनता हाम्रो मोर्चामा गोलबन्द हुने कार्य तिब्र गतिमा अगाडि बढिरहेको तथ्य अवगतै छ ।

यसैक्रममा जारी नागरिक आन्दोलनलाई अझ प्रभावकारी बनाउँदै निर्णायक मोड दिन हाम्रो गौरवशाली मोर्चाको तत्कालीन सिरहा जिल्ला कार्य समिति विघटन गरि आजैको तिथि-मिति देखि लागु हुनेगरी तपशिलका मोर्चाका नेतृत्वहरुलाई विशेष जिम्मेवारी तोकिएको सबैलाई यसै प्रेस विज्ञप्ति द्वारा जानकारी गराईन्छ ।

तोकिएको जिम्मेवारी :-

१) श्री गोवर्धन दास :- जनतान्त्रिक दलित संघ (राष्ट्रिय अध्यक्ष)

२) श्री दयाशंकर राउत “सानु जी” :- सिरहा-सप्तरी संगठन परिचालन संयोजक एवं जनतान्त्रिक उद्योग-ब्यापार संघ (सिरहा जिल्ला संयोजक)

३) श्री कृष्णदेव साह :- सिरहा प्रादेशिक निर्वाचन क्षेत्र नं १ “ख” संयोजक

४) श्रीमती बिणा मण्डल :- जनतान्त्रिक महिला संघ (केन्द्रिय सदस्य) तथा सिरहा संघीय संसदीय क्षेत्र नं १ संयोजक

५) श्री कमल राय :- सिरहा प्रादेशिक निर्वाचन क्षेत्र नं ३ “ख” संयोजक

६) श्री सुरेन्द्र यादव :- सिरहा नगरपालिका संयोजक

७) श्री रघुनाथ महतो :- धनगढीमाई नगरपालिका संयोजक, सिरहा

८) श्रीमती सोमनी देवी साह :- धनगढीमाई नगरपालिका उप-संयोजक, सिरहा

जारी मिति :- २०७७/०१/१५ गते बुधबार शुभम ।।