नरेन्द्र महतो

गौशाला : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका ११ कालिपुरका ३७ वर्ष राम वावु महताेकाे विहिवार काेराेना संक्रमित भएर मृत्यु भएकाे नगर प्रमुख शिवनाथ महताेले जानकारी दिएका छन ।

महताेलाई पाँच दिन अघि काेराेना पाेजेटिभ भए पछि काठमाडाैका टेकु अस्पतालमा अाईसाेलेट गरेका थिए। तर अाज जाँचकाे क्रममा उनकाे मृत्यु भएकाे हाे ।उहाँ जनकपुर एरियाकाे अारिया फर्मासिटिकल्स क. काे ईनभिजेन डिभिजनकाे मैनेजर पदमा कार्यरत थिए ।